दफा २४४
बिगो वा जरिबाना बापत कैद गर्ने

(१) दफा २४२ को उपदफा (७) बमोजिम सम्पत्ति लिलाम बिक्री गर्दा समेत बिगो पर्याप्त नभएमा, सम्पत्ति नदेखाएमा वासम्पत्ति लिलाम गर्न नसकिने भएमा भराउन बाँकी बिगोमा बिगो भरी पाउनेले बिगो भराउनु पर्ने व्यक्तिलाई कैदगराउनइच्छा गरी सम्पत्ति लिलाम बिक्री भएको वा यस उपदफा बमोजिमको अवस्था परेको पन्ध्र दिनभित्र निवेदन दिएमाअदालतलेत्यसको पर्चा खडा गरी बिगो भरी दिनु पर्ने व्यक्तिलाई कानून बमोजिम कैदमा पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कैद गर्दा अदालतले एक दिनको चार सय रुपैयाँको दरले त्यसरी बाँकी हुन आएको बिगोलाई कैदमापरिणतगरी त्यस बराबर बिगो भर्नु पर्ने व्यक्तिलाई कैद गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम कैद गर्दा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण भएकोसार्वजनिक संस्थाको बिगोको हकमा चार वर्ष र व्यक्ति विशेष वा अन्य संस्थाको बिगोको हकमा दुई वर्षभन्दा बढीकैदगर्न सकिने छैन ।
(४) उपदफा (१) बमोजिम कैद गर्नु पर्दा चार सय रुपैयाँभन्दा कम रकम भएमा वा बाँकी रहन गएमा सो बापत एक दिन कैदगर्नुपर्नेछ ।
(५) उपदफा (१) बमोजिम कैद गर्दा कानून बमोजिम लाग्ने सिदा खर्च कैद गराउन चाहने व्यक्तिले व्यहोर्नु पर्नेछ ।
(६) जरिबाना नतिरे बापत कैद गर्नु पर्दा चार वर्षमा नबढ्ने गरी एक दिनको दुई सय रुपैयाँको दरले कैद गर्नु पर्नेछ।
(७) यस दफा बमोजिम कैद गर्नु अघि सम्बन्धित व्यक्तिलाई आप्mनो भनाई राख्ने मनासिब समय दिनु पर्नेछ ।
(८) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पक्षको माग बमोजिम असुल उपर हुन नसकेको बाँकी बिगोबापतबिगो नतिर्ने व्यक्तिलाई अदालतको आदेश बमोजिम कैद भएकोमा सो बिगोको विषयमा पुनः दाबी लिन सकिने छैन ।